असार २१ । जनयुद्धका माओवादी सेना आजदेखी नेपाली सेनामा समायोजन औपचारिक रूपमा सैन्य जिम्मेवारीमा गएका छन् ।
अधिकृतबाहेक सात महिने सैन्य आधारभूत तालिम पूरा गरेका सिपाही तथा अन्य पदिक तहकाले आजबाट एक कार्यक्रमका बीच औपचारिक जिम्मेवारी पाएका हुन् ।
तालिम सञ्चालन भएका विभिन्न ठाउँमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी जिम्मेवारी सुम्पिएको थियो ।
समायोजन हुने पूर्व माओवादी लडाकुमध्ये १३ सय ५२ जनाले शुक्रबार तालिम सम्पन्न गरेका छन् । जसमध्ये ७१ जना अधिकृतहरु नेपाली सैनिक प्रतिष्ठानमा र बाँकी अरु ८ तालिम केन्द्रमा तालिम लिईरहेका छन् ।
दलहरुबीच ३ हजार लडाकु समायोजन गर्ने सहमति भए पनि अन्ततः अपमानजनक तरीकाले समायोजन भएको भन्दै धेरै लडाकु बाहिरीए पछि सेनामा जानेको संख्या कम भएको हो ।
अधिकृत तहका भने सेनामा जान दुई महिने तालिम सम्पन्न गरेर मात्र जिम्मेवारीमा जाने छन ।
Comments