असार २१ । नेपाली कांग्रेसले नेकपा माओवादीसँग चुनावमा सहभागी हुनका लागि गरेको प्रस्ताव माओवादीले अस्वीकार गरेको छ ।
नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा दुई पार्टीका नेताहरूबीच भएको छलफलमा समाधान गरेर निर्वाचनमा सहभागी हुन कांग्रेसले माओवादीलाई आग्रह गरेको थियो ।
तर, माओवादीले भने २५ बुँदे बाधा अड्काउ फुकाउको खारेज गरेर दलीय सरकार गठन भएपछि मात्रै निर्वाचनमा सहभागी हुने जवाफ फर्काएको छ ।
उनीहरुबीच संविधानसभाको विषयमा छलफल भएपनि कुनै निष्कर्ष भने निस्कन सकेन ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै माओवादी सचिव देव गुरुंगले विघटित संविधानसभाले पूरा नगरेका कामलाई प्राथमिकतामा राखेर अघि बढे मात्रै निर्वाचन संभव हुने बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने नेकपा–माओवादीले आफ्ना असन्तुष्टिहरू राखेकाले अन्य दलसँग छलफल गरेर माग पूरा गराउन प्रयास गरिने तर सरकार परिवर्तनको संभावना भने नरहेको बताए ।