असार २१ । यता माओवादी लडाकुको सेनामा लिएको तालिम पूरा भएसँगै आजबाट औपचारिक रुपमा नेपाली भएको घोषणा भईरहँदा उता रोल्पा जिल्लाको गैरीगाउँ–६, थुर्पालेकमा फेला परेको ठूलो परिमाणको विष्फोटक पदार्थ अझै पनि नष्ट हुन सकेको छैन ।

जुन विष्फोट पदार्थ तत्कालीन नेकपा (माओवादी)का लडाकुले राखेको हुन सक्ने अनुमान सुरक्षा निकायले गरेका छन् ।

गत मंगलवार फेला परेको विष्फोटक पदार्थ प्राविधिक सामग्रीको अभावमा नष्ट गर्न नसकिएको हो ।

विष्फोटक पदार्थ नष्ट गर्न दाङको तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्बर बाहिनीबाट एकटोली खटिएको बताइएको छ । सो टोलीसँग पनि विष्फोटक पदार्थ नष्ट गर्ने सामाग्री अभाव रहेपछि पुनः अर्को टोली बोलाईएको बताइएको छ ।

बिस्फोटक पदार्थमा सकेट बम २ सय ६५ थान, कभर २ थान, तामाको पाइप ५ पिस, आल्मुनियम पाइप ६ सय ५० थान र १ सय ५ किलो हाइएक्स्प्लोसीभ रहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।