असार २१। धनुषा रमदैया गाविस स्थित राजदेवी मन्दिरका पुजारीले झारफुक गर्ने बाहाना बनाई एक  बालिका माथी बलात्कार गरेका छन ।

मन्दिरका पुजारी ४५ वर्षिय रामपुकार यादबले १३ वर्षिय एक बालिकालाई बलात्कार गरेको खुलासा भएको हो ।

गएको असार १८ गते भएको घटना  थियो । स्थानीय सपही गाविस–४  ती बालिकालाई पेट दुखेपछि बालिकाकी आमाले झारफुकका लागि सो मन्दिरका पुजारीकोमा लगेको र  बालिकाकी आमालाई झारफुकको समान किन्न पठाएर पुजारीले बालिकालाई बलात्कार गरेको प्रहरी अनुसन्धानले  पत्ता लागेको छ ।

गम्भीर अवस्थामा  रहेकी  बालिकालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ . घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका  प्रहरी निरीक्षक गोविन्द पुरीले बताए।

आक्रोसित स्थानीयवासीले पुजारी यादवले झारफुकको नाममा पटकपटक यस्तो कार्य गर्दै आएकाले पुजारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।  घटना सार्वजनिक भएपछि पुजारी फरार भएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।