असार २१ । पश्चिम नेपालका बाढी पीडितलाई राहत वितरण गर्न पूर्व राजा ज्ञानेन्द्र शाह आफैँ त्यसतर्फ जाने भएका छन् ।

असार २३ गते आफ्नो जन्मदिन मनाएर उनी सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रको बाढीपीडित परिवारलाई राहत वितरण गर्न जाने भएका हुन् ।

समाचारपत्र दैनिकले छापेको खबर अनुसार उनी असार अन्तिम साता वा साउन पहिलो साता हवाईमार्गबाट नेपालगञ्ज र सवारीसाधनबाट सुदूरपश्चिम र मध्यपश्चिमका जिल्ला जाने कार्यक्रम रहेको छ ।

गत महिना उनी मध्य तराईको आठ जिल्ला भ्रमण गरी काठमाण्डौं फर्किएका थिए । अब उनी सुदूरपश्चिमको महेन्द्रनगर र मध्यपश्चिमको दार्चुला तथा बर्दियामा जान लागेका हुन् ।

गत साता बाढी पीडित परिवारलाई सहयोग गर्न आह्वान गर्दै उनले बुहारी अध्यक्ष रहेको हिमानी ट्रस्टलाई २५ लाख रुपैयाँ सहयोग गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।