असार २१ । पत्रपत्रिका तथा आमसञ्चार माध्यमको रेखदेख तथा वर्गीकृत गर्ने निकाय प्रेस काउन्सिल नेपालले ७१० वटा पत्रपत्रिकाको वर्गीकरण सार्वजनिक गरेको छ ।

वर्गीकरणका लागि फाराम भरेका ८१७ वटा पत्रिकाहरु मध्ये ७१० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा हुन् । बाँकी १०७ वटा पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन दिएको भए पनि तोकिएको मापदण्ड पूरा नगरेको तथा विविध कारण वर्गीकरणको सुचिमा परेका छैनन् ।

आर्थिक वर्ष २०६७/०६८ को वर्गीकृत पत्रपत्रिका मध्ये राष्ट्रिय ‘क’ वर्ग मा ८४, ‘ख’ वर्गमा ९७, ‘ग’ वर्गमा ४५ र ‘घ’ वर्गमा ११ गरी २३७ वटा पत्रपत्रिका वर्गीकृत भएका छन् ।

क्षेत्रीय ‘क’ वर्ग मा ३०, ‘ख’ वर्गमा ८६, ‘ग’ वर्गमा ९० र ‘घ’ वर्गमा ३४ गरी २४० वटा पत्रपत्रिका क्षेत्रीय वर्गमा वर्गीकृत भएका छन् भने स्थानीय ‘क’ वर्ग मा २१, ‘ख’ वर्गमा ५६, ‘ग’ वर्गमा १०५ र ‘घ’ वर्गमा ५१ गरी २३३ वटा स्थानीय वर्गमा वर्गीकृत भएका छन् ।

काउन्सिलले वर्गीकरणको नतिजा पछि चोरी पत्रकारिता र गोजी पत्रकारिता बढ्न थालेको भन्दै चिन्ता व्यक्त समेत गरेको छ । विद्युतीय माध्यमका सञ्चारमाध्यमको तुलनामा छापा पत्रकारिताले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएकोमा पनि काउन्सिलले जोड दिएको छ ।

काउन्सिलले गर्ने वर्गीकरणका आधारमा पत्रपत्रिकाले सरकारले लोककल्याणकारी विज्ञापन बापत पाउने रकम पाउने गर्दछन् । जस अन्तर्गत क वर्गले सबैभन्दा धेरै र क्रमश ख, ग ले त्यसको तुलनाममा कम रकम पाउने गर्दछन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।