असार । माउसका जन्मदाता डोउ एन्जेलबार्ट आजदेखि संसारबाट बिदा भएका छन् ।
कम्प्यूटरको माउसका आविष्कारक एन्जेलबार्टको ८८ वर्षको उमेरमा निधन भएको हो ।
एन्जेलबार्टले सन् १९६० को दशकमा दुईवटा धातुका चक्कालाई काठको खोल लगाएर चल्ने माउस प्रकृतिको उपकरण विकास गरेका थिए । जसलाई आज भोलि माउसको नामबाट विश्वभर चिनिने गरिन्छ ।
काम गर्ने संस्था स्ट्यान्फोर्ड रिसर्च ईन्स्टिच्यूटले माउसको थप उत्पादन र खरिद बिक्रीका लागि ४० हजार डलरमा एप्पल कम्पनीका लागि सन् १९८३ मा लाइसेन्स लिएपछि सन् १९८७ देखि मात्रै माउसको खरिद बिक्री शुरु भएको हो ।
तर सन् १९७० मा यसको स्वामित्वको अधिकार प्राप्त गरेपनि १७ वर्षसम्म यसको खरिद बिक्री हुन सकेको थिएन ।
एजेन्सीहरुका अनुसार माउसको विक्री सन् १९८० को मध्यदेखि कम्तीमा पनि १ अर्ब माउस बिक्री भएको जनाइन्छ ।