असार २० । रोल्पा गैरीगाउँ–६ को थुर्पालेकमा ओडारमा बेवारिसे अबस्थामा फेला पारिएको विष्फोटक पदार्थ ३ दिनसम्म पनि निस्कृय पार्न जिल्लाको सुरक्षा निकाय असमर्थ भएको छ ।
जिल्लामै बम डिस्पोज गर्ने जनशक्ति र उपकरण अभावका कारण प्रहरीले लामो समय बिष्पेटक प्रदार्थ निष्किृय पार्न असफल भएको हो ।
प्रहरी निरिक्षक सरोज पौडेलका अनुसार डिस्पोजल टोलीका व्यवस्थाका लागि दाङ तुल्सीपुरमा रहेको नेपाली सेनालाई मंगलबार नै अनुरोध गरिएको थियो । तुल्सीपुरबाट डिस्पोजल टोली आएपछि निष्कृय पार्ने जनाइएको छ ।
माओवादी पूर्व लडाकुको शिविर गैरीगाउँ तिलामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले विष्फोट पदार्थ फेला पारेको थियो । गस्तीका वेला विष्फोटक पदार्थ फेला परेको सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण पन्थीले बताए । अध्याँरो ओडारमा करिव ७० वटा सकेट वम, भरुवा वन्दुकको वारुद वनाउन प्रयोग हुने २ वोरा सुरा र डेटोनेटरलाई धमाका दिन प्रयोग हुने पाइप २ वन्डल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
३ दिनसम्म विष्फोटक पदार्थ डिस्पोज गरीएन
Comments