असार,२०  । ईजिप्टमा निर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्त गरि सैनिक ‘कू’  भएको छ ।
 सेना प्रमुख जनरल आब्देल फत्ताह अल सीसीले राष्ट्रपति मुर्सीलाई गिरफ्तार गरि सैनिक कू गरीएको छ ।    उनले संविधान खारेज गर्दै राष्ट्रपतिको अधिकार र काम अब मुख्य न्यायाधीशले सम्हाल्ने पनि घोषणा गरेका छन । 
 आज बिहान राष्ट्रिय टेलिभिजनमा सम्वोधन गर्दै सेना प्रमुख सीसीले अब चुनाव नहुन्जेल अन्तरिम सरकार मुख्य न्यायाधीशले नै सम्हाल्ने बताए । यस अघि नै  सेनाले राष्ट्रपतिलाई  २४ घण्टाको अल्टिमेटम  दिएको थियो राष्ट्रपतिले राजीनामा नदिएपछि सेनाले ‘कू’  गरी सासन सत्ता आफुले लिएको घोषणा गरेको छ । 
मुर्सीलाई हटाएपछि विरोधीहरुले सडकमा खुसी  साटासाट गरेको बिबिसीले जनाएको छ ।  सेनाको कदमको विरोध गर्दै मुर्सीका समर्थकहरु बिरोध प्रदर्शनमा गर्न थालेका छन । केही स्थानमा मुर्सीका समर्थकहरु । बिपक्षी बिच तनाव पनि भइरहेको बताइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।