असार २० । नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीले भनेको सर्वदलिय बैठक बोलाएर छलफल गर्न नेपानी काग्रेस तयार रहेको बताएका छन ।

 मंसिर ४ गतेको घोषित मितिमै संविधानसभाको निर्वाचन गर्ने गरी नेकपा–माओवादीले उठाएको सबै मागमा छलफल गर्न काग्रेस तयार रहेको  बताएका छन ।

 नेकपा माओवादी बिनाको निर्वाचन सफल नहुने भन्दै माओवादी संग चुनाव लड्रने बताएका छन ।

यसैगरी, काग्रेस नेता अर्जुन नरसिंह केसीले मंसिर ४ गतेको घोषित निर्वाचन रोक्न नहुने भए पनि बैद्य समूह विनाको निर्वाचन सम्भवन नभएको बताए ।

नेताहरु प्रकासशरण महत, मिनेन्द्र रिजालले पनि बैद्य समूहलाई निर्वाचनमा ल्याउन काग्रेसले  मुल जिम्मेवारी लिनु पर्ने बताएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।