पूर्व श्रीमान श्रीमती समेत रहेका निर्माता छवि ओझा नायिका रेखा थापाको मन दुख्ने गरी फिल्मी नगरीमा आक्रमक रुपमा अगाडी आएका छन् ।

छवि ओझाले फिल्मी क्याम्पमा रेखा थापाको ठाउँमा अर्की हिरोइन रजनी केसीलाई कलिउडमा भित्र्याएका छन् ।  रेखा र छवि टाढिएपछि निर्देशक छविले नायिकाको रुपमा रजनीको साथ खोजेका हुन् ।

यसैगरी, छविले रेखाका विरोधी मानिएका हिरो आर्यन सिग्देललाई समेत फिल्म लोफरको नायक बनाएर रेखालाई च्यालेन्ज दिएका छन् ।

यी दुई क्रियाकलापले हेर्दा छबि ओझा नायिका रेखालाई देखिस् त भन्ने तवरबाट अगाडी बढेको हो भनेर फिल्मी जगतमा चर्चा चल्न थालेको छ ।

कलिउड नगरीमा पछिल्लो पटक यसै विषयले चर्चा पनि निक्कै पाउने गरेको छ ।


तर के रेखाको जस्तै नव नायिका रजनीले पनि सफलता पाउन सक्लिन त ?  यसको जवाफ भने आम नेपाली फिल्म प्रेमीले थाहा पाउन केही समय लाग्ने छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।