असार १९ । विगत पाँच वर्षदेखि काठमाडौमा रहेर विभिन्न सामाजिक साँस्कृतीक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको सिजन मिडियाले मिस ई–कलेज” चौथो संस्करणको आवेदन फाराम खुलाएको छ ।
वुमन पर्सनालिटी एजुकेशन एण्ड ब्युटी भन्ने मुल नाराका साथ कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नुको साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले तेस्रो चरणको “मिस ई–कलेज २०१३” प्रतियागिताको लागि आवेदन फारम खुल्ला गरिएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले एक प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
काठमाण्डौमा र मोफसलमा रहेका विभिन्न कलेजहरुमा अध्ययनरत छात्राहरुले उचाइको हकमा ५ फिट २ इन्च उमेर १७ वर्ष देखि २२ वर्ष सम्मको साथै दश जोड दुइको शिक्षा र सो भन्दा माथि अध्ययनरत छात्राहरुले श्रावण ३१ गते सम्म फारम भर्न सकिने साथै थप जानकारीको लागि इकलेजमोडलमा गएर हेर्न सकिनुका साथै फारम डाउनलोड गरी भर्न सकिने बताइएको छ । प्रतियोगिताको प्रथम अडिसन भने भाद्र १ गते शनिवार लिइने छ ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई भाद्र २ गते आइतबार वाट प्रशिक्षण सहभागी गराइने जनाइएको छ ।
प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण (जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि ) मिडिया भिजीट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ ।
विभिन्न कलेजको भ्रमण साथै कलेजमा अध्ययन गर्ने गराउने सम्पूर्ण विषय हरुको जानकारी प्रदान गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्ने विज्ञप्तिमा उल्लेख छ ।
असोजको पहिलो साता काठमाण्डौमा अन्तिम प्रतिस्प्रर्धा सम्पन्न हुने र प्रतियोगिताका विजेताले “मिस ई–कलेज २०१२” ताज उपाधि सहित स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने बताइएको छ । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः मोवाइल फोन ट्यावलेट साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिने जनाइएको छ ।