असार १९ । एमाले नेता सुरेन्द्र पाण्डेले अर्थमन्त्री भएको बेला युनिटी काण्डको विषयलाई लिएर करोडौँ रकम हिनामिना गरेको खबर आजको बुधबार साप्ताहिकले छापेको छ ।
उक्त खबरमा उल्लेख भएबमोजिम अर्थमन्त्री हुँदा पाण्डेले ५ करोड नगद र करोडौं रुपैयाँका अन्य जिन्सी समाग्री लिएको आरोप लगाइएको छ ।
युनिटी प्रकरणमा ३० महिना तीन दिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले पार्टीको नाम जोडेर युनिटीसँग भएका आर्थिक लेनदेनको पारदर्शीताको माग गर्दै अध्यक्ष झलनाथ खनाल समक्ष पुगेका छन् ।
![]() |
Surendra Panday |
पाठकले बैशाखको तेस्रो साता बसेको एमाले स्थायी समितिको वैठकमा पाण्डेमाथि संगीन आरोप लगाउँदै पत्र बुझाएको खबरमा उल्लेख गरिएको छ ।
अनुरोधपत्रमा एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा पाण्डे र युनिटीका चाटर्ड एकाउन्टेन कृष्ण पनेरुमार्फत् युनिटीले एमालेलाई ३ करोड ५० लाख बुझाएको उल्लेख छ । पाण्डे अर्थमन्त्री भएपछि पनि पार्टीलाई सहयोगस्वरुप भनेर दुईपटक ५०(५० लाख गरी कुल १ करोड रुपैयाँ बुझाएको र पार्टीका केन्द्रीय सदस्यहरुका लागि भनी पहिलो चरणमा ३३ थान अत्याधुनिक ल्यापटप दिइएको पाठकले पत्रमा उल्लेख गरेका छन् ।
उनले भनेको छन-’०६७ बैशाखको पहिलो हप्तातिर तत्कालिन मन्त्री सुरेन्द्र पाण्डेमार्फत् बाणिज्य मन्त्रालय लगायत बिमा समिति, राजश्व र राष्ट्र बैंकसम्म कागजात र कुरा मिलाउनुपर्ने भयो र त्यसका लागि पार्टीका लागि ५ करोड रुपैयाँ र एउटा हाइलक्स गाडी दिनुपर्ने भयो भन्दै युनिटीका अध्यक्ष र एमडी मसँग आए ।’
बिगतमा पनि सहयोग गरेकै हो, यसबेला त्यति धेरै रकम सहयोग गर्न नसक्ने तर बढिमा २ करोडसम्म दिन सकिने बताएपछि पाण्डे उनीमाथि खनिएको पत्रमा उल्लेख छ ।
‘तपाई किन आउनुपर्यो, यसमा अरु नै साथीहरु लागिरहनुभएको छ, यसमा तपाईले धेरै चासो नदिनुहोला भनेपछि म फर्केर त्यही कुरा अध्यक्ष र एमडीलाई बताएँ, त्यसको एक महिनापछि युनिटी बन्द भयो ।’ बुधबारमा छापिएको खबरमा उल्लेख छ ।