असार १९ । साउदी सरकारले आप्रबासीलाई बिना जरिमाना वैद्यता प्राप्त गर्न वा स्वदेश फर्कन दिएको समयावधि चार महिना थप गरेको छ ।

आममाफीको समयावधि सकिनु एक दिनअघि मंगलबार समय थप गरिएको हो ।

उक्त समय आजसम्मका लागि दिइएकोमा लाखौं अवैध आप्रवासीको कानुनी प्रक्रिया नटुङ्गिपछि साउदी राजा अब्दुल्ला विन अअब्दुल्ला अजिज अलसाउदको आदेश मुताबिक समय थप गरिएको हो ।

राजा अब्दुल्लाले परराष्ट्र, आन्तरिक तथा श्रम मन्त्रालयलाई हिजरी अन्त्यसम्ममा अवैध आप्रवासीको समस्या समाधानमा पूर्ण सहयोग गर्न आदेश दिएको त्यहाँको आन्तरिक मन्त्रायलले जनाएको आजका दैनिक पत्रिकाहरुले समाचार छापेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।