असार १८ । एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएपछि बसेको एकीकृत नेकपा माओबादीका ब्युरो र राज्य समिति इन्चार्जहरुले महाधिबेशनको म्यान्डेड अनुसार अगाडी बढ्न नेतृत्वलाई सुझाब दिएका छन् ।
उनीहरुले काम हेरेर मुल्याङ्कन गर्ने परिपाटी बसाल्न पनि सुझाव दिएका छन् ।
केन्द्रिय कार्यालय कोटेश्वरमा बसेको बैठकमा उनीहरुले ब्यक्ति हेरेर भन्दा पनि काम हेरेर मुल्याङ्कन गर्ने परिपाटी बसाल्न भनेका हुन् ।
बैठकमा पद बाँडबाँडको नया विधि तय गर्ने विषयमा छलफल भएपनि कुनै निश्कर्ष ननिस्केको बताइएको छ ।
आउदो साउन चार गते शुरु हुने बिस्तारित बैठकमा पेश गर्ने संगठनात्मक नयाँ विधानका विषयमा बैठकमा छलफल छ ।
पार्टीमा रहने तर पदमा नरहने नेताहरुलाई समेट्न सकिने नयाँ विधान ल्याउने विषयमा पनि बैठकमा छलफल भएको स्रोतले जनाएको छ ।
यस्तै, बैठकमा आसन्न संबिधानसभाको निर्बाचनको बिषयमा विस्तारित बैठकका लागि राख्ने एजेण्डामा पनि सामान्य छलफल भएको छ ।
माओबादिको यसअघि बसेको केन्द्रीय समितिको बैठकले, पदीय भागबण्डाको बिषय मिलाउन नसकेपछि बिस्तारित बैठकमार्फत टुङगाउने निणर्य गरेको थियो ।
पदबाडफाँडमा बिबाद बढेपछि उपाध्यक्ष बाबुराम भट्टराईले पद त्यागेको घोषणा गरेका छन् । उपाध्यक्ष भट्टराइले पद त्यागको घोषणा फिर्ता लिन नमानेपछि माओवादी थप संकटमा परेको हो ।