असार १८ । पोखरामा शनिबारबाट शुरु भएको नेकपा–माओवादीको तेस्रो पूर्ण बैठकसम्पन्न भएको छ ।

बैठकको अन्तिम दिन मंगलबार सबै केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् ।

अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा र प्रश्नहरुको जवाफ दिएका छन् भनेसचिवद्धयले पनि आफ्नो धारणा राखेका छन् ।

बैठकमा अध्यक्ष मोहन बैद्यले समसामयिक राजनीतिक प्रस्ताव र महासचिव रामबहादुर थापाले संगठन र सुरक्षासम्बन्धी प्रस्ताव राखेका थिए ।
पार्टी प्रवत्ता पम्फा भुसालले सबै केन्द्रीय सदस्यहरुले बैठकमा प्रस्तुत प्रस्तावमा एक मत राखेको दाबी गरिन । उनले पार्टीका सबै संयन्त्र परिचालन गरी संविधानसभाको निर्वाचनलाई असफल बनाउन लाग्ने जानकारी दिईन ।

बार्तामा जानका लागि अहिलेसम्मका सबै प्रक्रिया खारेज गर्नु पर्ने प्रवक्त भुसालले बताईन । उनले भनिन–‘रेग्मी सरकार नियुक्ति देखीका, बाधा अड्काउ सबै खारेज गरेपछि वार्ताको विषयमा सोच्न सकिन्छ ।’

पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य र सल्लाहकारहरुको उपस्थितिमा भएको सो बैठककले सर्वपक्षिय गोलमेच सम्मेलन, दलिय सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन गरी राजनीतिक निकास निकाल्नुमा जोड दिएको बताईएको छ ।

बैठकमा सहभागी कसैलाई पनि मोवाईल, क्यामेरा लैजान दिइएको छैन । बैठकमा प्रस्तुत दुबै प्रस्ताव पढ्न दिएर फिर्ता लिने गरिएको छ । प्रस्ताव र छलफल बाहिरिन सक्ने भन्दै प्रवक्ताबाहेक कसैलाई पनि मिडियासँग बोल्न दिइएको छैन ।
बैठकमा निर्णयहरु सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलनको आयोजना गरिने बताईएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।