असार १८ । विभिन्न राजनीतिक पार्टीका नेता र सरोकारवालाहरुले संविधानसभामा कुनै पनि राजनीतिक पार्टीलाई निषेध गरिए फेरी मुलुक द्वन्द्वमा फस्ने बताएका छन् ।

मंगलबार नेपाल कम्युनिस्ट युवा संघले राजधानीको संवाद डबलीमा गरेको ‘घोषित निर्वाचन सन्दर्भ र संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सो विचार व्यक्त गरेका हुन ।

कार्यक्रमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहदुर केसीले चार राजनीतिक पार्टी र सरकार विदेशी शक्तिको प्रत्यक्ष निर्देशनमा चलेकाले संविधानसभाको निर्वाचन नहुने बताए ।

‘बाह्य शक्तिको हस्तक्षेपकै परिणम देशले कर्मचारीतन्त्र भोग्नुपरेको छ, चार नेता र सरकारले विदेशीको चाहनामा काम गरेकाले घोषित निर्वाचन हुन सक्दैन’ भने । आन्दोलरत दलका कुरा नसुनेर एकलौटी ढंगले अगाडे आन्दोलनमा जाने केसीले चेतावनी दिए ।

एक अर्को प्रसंगमा उनले प्रचण्ड र बाबुराम जनयुद्धकालमा आफूले खनेको सुरुङबाट दिल्ली पुगेको बताए ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य योगेश भट्टराईले कुनै पनि राजीतिक पार्टीलाई निषेध गरेर होइन संवाद गरेर संविधानसभामा जानुपर्ने आवश्यकता भएको बताए । उनले संविधानसभाका निर्वाचनमा कुनै राजीतिक पार्टीलाई निषेध गरे निकास होइन द्वन्द्व निम्तिने बताउदै सबैलाई संवाद गर्नु एमाले तयार रहेको बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले आफूहरु बहिस्कारवादी नभएको भन्दै राष्ट्रिय सहमति गरे आफूहरु चुनावमा जान तयार रहेको बताउदै त्यसो नगरेर चार पार्टी र सरकारले भिडण्त खोजेको हो भने आफूहरु तयार रहेको बताए । थापाले चार नेताका गरेको सहमतिलाई राष्ट्रिय सहमति नमान्ने धारणा व्यक्त गरे । थापाले भने, ‘आन्दोलरत दल सहित बृहत राष्ट्रिय सहमति नगरी बलप्रयोगद्वारा निर्वाचन गराउने प्रसाय गरिए त्यसलाई ध्वस्त पारिदिन्छौं ।’

कार्यक्रममा बोल्दै नेकपा (एकीकृत) का स्थायी समिति सदस्य रामसिंह श्रीसले रेग्मी नेतृत्वमा गरिने निर्वाचनले निकास भन्दापनि द्वन्द्व निम्ताउने भएकाले यसलाई खारेज गरी राष्ट्रिय सहमतिपछि मात्र निर्वाचनमा जानुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल बार एसोशियनका अध्यक्ष हरिकृष्ण कार्कीले राजनीतिक नेतृत्वले गरेको निर्वाचनमा मात्र निकास दिनेभन्दै जबसम्म मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी दुई पदमा बहाल हुन्छन् तबसम्म निर्वाचन हुन नसक्ने बताए ।

चार नेताको निर्देशनमा रेग्मी नेतृत्वको सरकार निरंकुश भन्दै संविधानलाई धोती लगाउदै हिडेको कार्कीको आरोप लगाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।