असार १८  । संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले संविधानसभाको निर्वाचन निष्पक्ष, विश्वसनीय एवम् प्रजातान्त्रिक रूपमा हुनुपर्नेमा जोड दिँदै नेपालको राजनीतिक प्रक्रियामा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे सँग गएराति जेनेभामा भएको भेटवार्तामा महासचिव वानले सन् २०२२ सम्ममा अति कम विकसित मुलुकहरूको सूचीबाट उक्लन नेपालले गरेको प्रयासको सराहना गर्दै विकास लक्ष्य प्राप्तिमा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गरे ।

 नेपालको वर्तमान राजनीतिक अवस्था, शान्ति प्रक्रियामा भएको प्रगति तथा मङ्सिर ४ गते संविधानसभाको निर्वाचन गर्न सरकारले थालेको तयारीबारे जानकारी दिँदै मन्त्री घिमिरेले निर्वाचनका निम्ति राष्ट्रसङ्घ तथा महासचिवबाट सहयोग एवम् ऐक्यबद्धताको अपेक्षा नेपालले गरेको  बताएका थिए ।

    सबै राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागी गराउने सरकारको प्रतिबद्धता दोहो¥याउँदै मन्त्री घिमिरेले स्वतन्त्र, निष्पक्ष निर्वाचनका निम्ति सरकार लागिपरेको बताएका थिए ।

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक समितिको उच्चस्तरीय बैठकमा भाग लिने क्रममा मन्त्री घिमिरे हाल जेनेभामा  रहेका छन ।  रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।