असार १८ । केही समयदेखि स्थिर बन्न नसकेको सुनको भाउ हिजोको तुलनामा आज ६ सय ५० रुपैयाँले बढेको छ ।
सुनको भाउ सोमबार तोलामा ४८ हजार ५ सय रुपैयाँ भएकोमा ६ सय ५० ले बढेर आज ४९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उताबचढाबका कारण नेपालमा पनि कहिले बढ्ने त कहिले घट्ने भईरहेको हो ।
सुनको भाउ अस्थिर रहेपनि चाँदीको भाउ भने स्थिर छ । सोमबार जस्तै चाँदी मंगलबार तोलामा ८ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।
Comments