असार १७ । तिब्बतको मामिलालाई लिएर नेपालले जति नै नेपाल एक चीन नीति प्रति प्रतिवद्ध छ भनेर विश्वस्त पार्न खोजिए पनि विकिलिक्सको सार्वजनिक गरेको एक केवल रिपोर्टले त्यसको पर्दाफास गरिदिएको छ ।

जसले तिब्बती मुद्दाका कारण नेपालको सार्वभौमसत्ता कसरी खतरामा पर्दै गएको छ भन्ने पनि प्रष्ट पारेको छ ।

विकिलिक्सले सन् २०१० फेब्रुअरी ११मा सार्वजनिक गरेको केबलमा नेपाल तिब्बत सीमामा ६ हजार तिब्बती भारतीय सेना रहेको दाबी गरिएको छ ।

आजको अन्नपूर्ण दैनिकमा छापिएको खबर अनुसार ‘नयाँदिल्लीस्थित अमेरिकी दूतावासले धर्मशालामा तिब्बती नेताहरुसँग गरेको छलफलका आधारमा केबल वासिङ्टन डीसी पठाएको थियो । सोही केबलमा अहिले भारतीय सेनाअन्तर्गत करिब ६ हजार तिब्बती तिब्बत-नेपाल सीमामा कार्यरत रहेको र  ३० हजारभन्दा बढी तिब्बतीलाई तालिम दिइसकिएको उल्लेख छ ।’

तत्कालीन अमेरिकी राजदूत टिमोथी जोन रोएमरले तिब्बती निर्वासित संसद् सदस्य तथा भ्वाइस अफ द तिब्बत रेडियोका सम्पादक कर्मा यसीलाई उदधृत गर्दै लेखिएको पत्रमा करिब ६ हजार तिब्बती तिब्बत-नेपाल सीमामा कार्यरत रहेको उल्लेख छ ।

‘स्टाब्लिसमेन्ट २२’ नाम दिइएको भारतीय सेनाअन्तर्गलको तिब्बती सम्मिलित संरचना चीनमा भएको असफल बिद्रोह पछि सन् १९६२ मा स्थापना भएको र उक्त संरचना अन्तर्गत ३० हजारभन्दा बढी तिब्बतीलाई तालिम दिइसकिएको हो ।
स्टाब्लिसमेन्ट २२ मा शिक्षक रहेका लुकर जामका अनुसार तिब्बतीहरुलाई चिनियाँसँग भने कहित्यै लड्ने अवसर दिइएन। उनीहरुले सन् १९७१ को भारत-पाकिस्तान लडाँइमा भाग लिन पाएका थिए, जसले बंगलादेश स्थापनामा मद्दत गरेको थियो।  
भारतले आफ्नो सेनाभित्र सिर्जना गरेको यो संरचनाले गोप्य रुपमा का गर्ने गरेको छ। यसलाई सीधा भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का निर्देशकले हेर्ने गर्छन् ।
टिमोथीले सन् २०१६ सम्म गोप्य रहने गरी केबल पठाएको भए पनि विकिलिक्सले उक्त गोप्य कुरा पर्दाफास गरिदिएको हो । नत्र भने यो कसैलाई पनि थाहा हुने थिएन ।
यति मात्रै नभएर उक्त सिमानामा क्षेत्रमा विभिन्न तालिमका नाममा अमेरिकी सेनाहरु समेत बस्दै आएको बताइएको छ । तालिमको नाममा एउटा टोलि नै आउने र त्यो टोलि फिर्ता हुन नपाउँदै अर्को टोलिले उक्त स्थानहरुको अध्ययन अनुसन्धान तथा क्षेत्र ओगट्ने गरेको बताइन्छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।