वैद्यकी कान्छी छोरीको विवाह सुटुक्कै एमाओवादी नेताका छोरासँग

असार १६ । दुई नेता निकै हतारमा थिए । दुलहीका बुबा बैठकको तयारीमा थिए भने दुलाहाका बुबा बैठक जाने तयारीमा । एउटालाई शनिबारदेखि सुरु हुने बैठकको तयारी गर्न पोखरा जाने हतार, अर्कोलाई पार्टी जिम्मेवारी बाँडफाँट के होला भनेर पेरिसडाँडा पुग्ने चटारो । तर यही चटारोबीच दुबैले शनिबार बिहान २ घन्टामै आफ्ना सन्तानको बिहे सम्पन्न गराए ।

असार १५ मा किसानलाई रोपाइँमा जानेजस्तै शनिबार हतारमा रहेका दुई सम्धी थिए नेकपा(माओवादीका अध्यक्ष मोहन बैद्य र एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य केशव नेपाल । बैद्य पोखरा जाने तयारीमा थिए भने नेपाल पेरिसडाँडा पुग्ने । तर हतार हतार नेपालका एक्ला छोरा अनज र वैद्यकी कान्छी पुत्री सृजनाबीच शुक्रबार बिहे गाँठो कसिएको आजको नागरिकमा खबर छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

संविधानसभा चुनाव बहिष्कार, उपयोग वा भाड्ने नीति बुन्न पोखरा जान लागेका वैद्यले धापासी नजिकैको डेराबाट छोरी अन्माए । बुधबार मात्र केटा-केटी दुबैको प्रेम सम्बन्ध रहेको दुबै नेताले थाहा पाएका थिए । बिहे गर्न राजी भएको कुरा उनीहरुले बाबुआमासँग निर्धक्क राखेपछि बुधबारै केटाकेटीको औपचारिक भेट गराइएको थियो ।

‘बुधबार बिहेको कुरा छिनियो । बिहीबार काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा कोर्ट म्यारीजको लागि निवदेन दिए,’ एक जन्तीले भने, ‘शुक्रबार दुवै नेतालाई बैठकको हतारो थियो । बिहे बिहानै सक्ने निर्णय भएको हो ।’ बैद्यले दुई पार्टीको वैचारिक कारणले सम्धी नेपाललाई बिहे आफ्नो घरमा नगर्ने कि भनेर जिज्ञासा राखेपछि नेपालले कोर्टबाटै घर लैजाने जवाफ दिएका थिए ।

बैद्यको घरबाट एकाएक बैठकमा हिँड्न हतार छ, बिहे बिहानै सक्ने कि ? भनेर नेपाल परिवारलाई फोन गएपछि दुई घन्टामा बिहे सकाइएको थियो । इन्जिनियरिङ पढिरहेका अनुज एकीकृत माओवादी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्इ हुन् । २०६३ सालमा अनुज बुबासँगै माओवादीमा प्रवेश गरेका थिए । सृजना स्नात्तककोत्तर गरिरहेकी छिन् ।

कोट पाइन्ट र टाइ लगाएका अनुज दुलाहा जस्ता देखिन्थे भने दुलही कुर्था सुरुवाल पहिरिएकी थिइन् ।बेहेमा मण्डप थिएन, टि टेवलमा सेतो फूलको माला र रातो टीका थियो ।दुलाहा-दुलही दुबैले एक अर्कालाई माला लगाइदिएपछि सहभागिले ताली बजाए र बिहे सकियो ।

दुलाहा दुलही दुवै राजनीतिक परिवारमा हुर्केको सन्दर्भ औंल्याउदै वेद्यले छोटो भाषणमा भने, कम्युनिस्ट संस्कार र सिद्धान्तका लागि यो नयाँ आयाम हो । यो रुपान्तरणलाई हामीले भावनात्मक एकताको रुपमा अंगाल्नुपर्छ,’ वैद्यले छोरी ज्वाइँलाई बधाइ दिँदै भने।

बैद्यका अर्का सम्धी एमाओवादीकै नेता एवं प्रवक्ता अग्नि सापकोटा हुन् । एउटै पार्टीमा रहेका बेला उनीहरुवीच नाता सम्बन्ध जोडिएको भएपनि बैद्यले कान्छी छोरीको बिबाह भने आफै फुटेर आएको माउ पार्टीका नेताका छोरासंग गरिदिएका छन् । साभारः नागरिक दैनिक