असार १६ । रातो मत्स्येन्द्रनाथ र मीननाथको रथजात्रा औपचारिक रुपमा सकिएको सन्देश माछा छाडेर र भगेरो उडाएर स्वर्गलोक र नागलोकमा
पठाइएको छ ।
परम्पराअनुसार मनाइँदै आइएको रथजात्रा सन्देश पठाउन शनिबार लगनखेलमा अशोक स्तूपको सँगै रहेको सप्तपाताल पोखरीमा एकजोडी माछा छाडिएको छ भने नागलोकका नागराजालाई पनि त्यही सन्देश पठाउन एकजोडी भँगेरा आकाशतर्फ उडाइएको छ ।
यसअघि ऐतिहासिम परम्परा अनुसार विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
मत्स्येन्द्रनाथ र मीननाथको जात्रा गत जेठ २४ मा जावलाखेलमा भोटो देखाएपछि गत वैशाख २७ गते पुल्चोकमा मत्स्येन्द्रनाथको रथारोहण गराई सुरु भएको थियो ।
Comments