असार  १४ । राष्ट्रपति डा. रामवरण यादव जापानको टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गरी नेपाल पर्केका छन ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकार सम्मेलमा  राष्ट्रपति डा यादवले आफ्नो स्वास्थ्यमा शङ्का गरिएको लक्षण विभिन्न परीक्षणबाट नदेखिएकाले सबै शङ्का हटेको बताएका छन ।

उनले  स्वदेशी तथा विदेशका नेपाली दाजुभाइ दिदीबहिनीबाट प्राप्त सद्भाव, प्रेम र शुभेच्छाप्रति आभार व्यक्त गर्दै राष्ट्रपति डा यादवले स्वास्थ्य परीक्षणका क्रममा जापान सरकार र सम्बन्धित चिकित्सकबाट पाएको मायाले खुसी भएको बताएका छन ।

राष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगाएत उच्चपदस्थ सरकारी अधिकारी र  कूटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु विमानस्थल पुगेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।