असार१४  । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सरकार र चार दलले जवरजस्ती चुनाव गराए मुलुक फेरि द्वन्दमा जाने  निश्चित भएकोले यस विषयमा प्रधानसेनापति गौरब शमसेर राणासँग माओवादीले वार्ता गर्ने  बताएका छन् ।

गजुरेलले सेना  परिचालन गरेर निर्वाचन गराए स्थिति  गम्भिर हुने  चेतावनी दिएका छन । नेपाली सेना चार दलको मात्र  नभएकाले यसमा सेनासंग  कुरा गर्ने बताएका छन ।  निर्वाचन राजनीतिक कार्यक्रम हो, बन्दुकको भरमा चुनाव गराउन खोजे अवस्था भयावह हुने  चेतावनी दिएका छन ।

चार दलको एकाधिकार खारेज नगरीकन संविधान बन्नै नसक्ने भएकोले यथास्थितिमा चुनाव गराउनु प्रतिगमनलाई स्विकार्नु भएको  उनले बताएका छन ।

उनले गोलि ठोकेर चुनाव गर्न खोजिए मुलुक फेरि द्वन्दमा जाने चेतावनी  दिएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।