असार १४ । स्पेन र ब्राजिल कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाईनलमा पुगेका छन ।  बिहीबार ब्राजिलको फोर्टालेजामा  भएको रोमाञ्चक सेमिफाइनलमा स्पेनले इटालीलाई पेनाल्टी सुटआउटमा ७–६ ले विजय भई फाईनल यात्रा तय गरेको हो ।

। पुरै खेल अवधिभर स्पेन विरुद्ध हावी भएपनि गोल गर्ने थुप्रै अवसरलाई गोलमा  परिर्णत गर्न नसकेपछि इटनी  हार बेहोर्न बाध्य भएको हो ।

स्पेनका लागि जिसस नाभास गोन्जालेजले निर्णायक गोल गरे । स्पेनले अब उपाधीका लागि आयोजक ब्राजिलसँग खेल्नेछ ।

स्पेन र ब्राजिलबीचको फाइनल  खेल आईतबार राति नेपाली समय अनुसार पौने चार बजे रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा हुनेछ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।