दुर्लभ खैरो रङको कछुवा भेटीयो

असार १४ । विश्वमा दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत खैरो रङको कछुवा मोरङ   फेला परेको छ ।
मोरङ जिल्लाको इन्द्रपुर र केराबारी गाविसको सिमानामा पर्ने जङ्गल क्षेत्रमा स्थानीय एक गोठालाले कछुवा  भेटाएका हुन ।

उक्त कछुवाको तौल लगभग २ किलो  तौल रहेको  स्थानियले बताएका छन ।   उक्त कछुवा बिक्री गर्न लागेको अवस्थामा स्थानिय प्राध्यापक देवराज दाहालले  थाहा पाए पछि उद्धार गरेका हुन ।

नेपाल, वर्मा, भारत, चीन, थाइल्यान्ड कोलम्बियालगायतका मुलुकमा पाइने खैरो रङको  कछुवा  अति  दुर्लभ वन्यजन्तुकोषले दुर्लभ सूचीमा  राखेको छ ।

उक्त कछुवा फेला  परेपछि स्थानिय वासीले हेर्नका लागि ठुलो भिड लागेको  थियो ।