छलक छलकमा यस्तो छ अर्चनाको आइटम (भिडियोसहित)

असार १३ । पछिल्लो समय चलचित्रहरुमा आइटम डान्स राख्ने त फेसन जस्तै बनेको छ । यतिसम्म कि आइटम डान्स राखेन भने फिल्म नै नचल्ने झैँ जबरजस्ती समेत आइटम डान्स राख्ने गरेको पाइन्छ ।

यस्तै भदौ २८ गतेका लागि प्रदर्शनको साइत जुरेर बसेको चलचित्र ढुवानीमा यस्तै आइटम डान्स देख्न सकिने भएको छ । उक्त चलचित्रको छलक छलक बोलको गीतमा अष्ट्रेलियामा बस्दै आएकी अर्चना देल्ललाले आफ्नो जवानी प्रदर्शन गरेकी छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

आस्था राउतको स्वर र हरि लम्सालको संगीत तथा भुपेन्द्र खड्काको शब्द रहेको उक्त गीतलाई पूर्नम राईले निर्देशन गरेका हुन् ।

चेलिबेटी बेचबिखनको कथा बोकेको ढुवानीलाई कविता श्रेष्ठको प्रस्तुतीमा मञ्जिल श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशन पिताम्बर पाण्डेले गरेका हुन् ।

सोही चलचित्रको छलक छलक बोलको गीत भने यस्तो छ