असार १३ । प्रमुख चार राजनीतिक शक्तिहरु एक भएर एकलौटी निर्णय गर्दै अरुलाई वेवास्ता गरेर अगाडी बढेपछि छुट्टाछुट्टै ठाउँमा रहेका तर उस्ताउस्तै माग राखेर अघि बढ्दै आएका चार वटा माओवादी एक ठाउँमा आएका छन् ।
यसरी एक ठाउँमा आउनेहरुमा मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी, परि थापा महासचिव रहेको नेकपा (एकीकृत), माृतका यादव संयोजक रहेको नेकपा (माओवादी) र मणि थापा महासचिव रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल रहेका छन् ।
यी दलहरबीच आज संयुक्त बैठक समेत भएको छ । बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न खाले अवसरवाद तथा दलाल प्रवृत्ति नै मुख्य खतरा रहेको औल्याईएको छ ।
उक्त प्रेस विज्ञप्तिमा सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु अलग अलग रहेको भन्दै कम्युनिष्ट आन्दोलनको वर्तमान चुनौतीको सामना गर्न सच्चा कम्युनिष्टहरुबीच एकता अनिवार्य भएको महसुस गरिएको उल्लेख गरिएको छ ।
जुन विज्ञप्ति यस प्रकार छ:








