हत्यामा परिवारकै संलग्नता रहेकाले सरकारले १० लाख नदिने

असार १३ । पूर्वसभाषसद सदरुल मियाँ हकका परिवारलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ नदिने घोषणा गरेको छ ।

हत्यामा आफ्नै श्रीमती र छोरीको संलग्नता रहेको पुष्टि भएपछि मन्त्रि परिषदको आज बसेको बैठकले उक्त रकम नदिने घोषणा गरेको हो ।

 पूर्व सभासद सदरुल मियाँ हकको जेठ पहिलो साता विभत्स तरिकाले हत्या गरिएको थियो । पछि प्रहरीले छानबिन गर्दै जाँदा हत्यामा आफ्नै श्रीमती, छोरी र छोरीकी ब्वाईफ्रेन्ड मिलेर गरेको रहस्य खुलेको थियो ।