असार १२ । नवलपरासीको गैंडाकोटमा एलपी ग्याँस बोकेको भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट एक जना विद्यार्थी नेतृ समेत रहेकी एक युवतीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गैंडाकोटस्थित कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युटमा एचए तेस्रो सेमिष्टारमा अध्ययनरत १९ वर्षिय जीवन ओलीको मृत्यु भएको हो ।

ओलीलाई उक्त ट्रकले ठक्कर दिएपछि पुनः पछाडी ब्याक गरेर मारेको भन्दै विद्यार्थीहरु आक्रोशित बनेका छन् । ओली नेकपा–माओवादी सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी) को इकाई उपाध्यक्ष समेत हुन् ।

ठक्कर दिने ट्रकलाई इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।