असार १२ ।  दुधमा कोलिफर्म (दिसामा पाइने किटाणु) भेटीएको सरकारी संस्थान  दुग्ध विकास संस्थान डिडिसीलाई पनि  सरकारले कारवाही गर्ने  भएको छ ।

सरकारले अखाद्य जीवाणुसहितको दुध वितरण गर्ने अन्य दुग्ध उद्योगलाई जस्तै डिडिसीलाई पनि कारवाही हुने जनाएको छ ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले  उपत्यकामा सञ्चालित दुई दर्जन बढी दुध डेरीबाट उत्पादित दुधको  परीक्षण गर्दा दिसामा पाइने कोलिफर्म नामक हानीकारक जीवाणु भेटिए पछि सरकारले दुग्ध उद्योगलाई कारवाही अगाडी बढाएको हो ।  यसअघि सरकारले  राजधानीका १६ वटा दुध डेरीलाई कारबाही गरि सकिएको छ ।

अखाद्य वस्तु बिक्री वितरण गर्नेलाई कानुनमै  दण्ड सजायको प्रावधान रहेकाले यस्तो कार्यमा संलग्न जो कोहीलाई पनि कारवाही गर्ने प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामाको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।