असार १२ । विश्वको सर्वोच्च शिखर सगरमाथाको देश । विश्वको जलस्रोतको दोस्रो धनी देश । शान्तिका दूत गौतम बुद्ध जन्मेको देश आदी इत्यादीले विश्वमा परिचित नेपाल असफल राष्ट्रको ३० नम्बरमा सुचिकृत भएको छ ।

नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएर संविधान निर्माण गर्न नसक्नु, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नसक्नु तथा नेताहरुले विकास तथा शान्ति र समृद्ध नेपाल निर्माण गर्न जोड नदिनुले नेपाल असफल राष्ट्रहरुको सुचिमा सृचिकृत हुन पुगेको हो ।

अमेरिकाको प्रख्यात फोरनपोलेसी म्यागेजिनको फेल्ड स्टेट इन्डेक्स २०१३ मा नेपाल पनि असफल राष्ट्रको सुचिमा पर्न गएको हो ।

पाँच शीर्षक छुट्याएर तयार पारिएको प्रतिवेदनमा नेपाल सबैभन्दाभन्दा उच्च खतरा ‘क्रिटिकल’ अवस्थामा रहेको उल्लेख गरिएको छ ।

जसमध्ये असफल राष्ट्रका सूचकमध्ये नेपालमा बाह्य हस्तक्षेप ७ दशमलव १ प्रतिशत रहेको पनि म्यागजिनमा उल्लेख छ ।

एक नम्बरमा द्वन्द्वग्रस्त अफ्रिकन मुलुक सोमालिया रहेको छ । सूचिअनुसार दक्षिण एशियाका श्रीलंका, पाकिस्तान तथा बंगलादेशको अवस्था नेपालको भन्दा कमजोर देखाइएको छ ।

असफल राष्ट्रहरु यस्ता रहेका छन्:

Rank       Total   Country
1 113.9  Somalia
2 111.9 Dem. Rep. of the Congo
3 111.0 Sudan
4 110.6 South Sudan
5 109.0 Chad
6 107.0 Yemen
7 106.7 Afghanistan
8 105.8 Haiti
9 105.3 Central African Republic
10 105.2 Zimbabwe
11 103.9 Iraq
12 103.5 Ivory Coast
13 102.9 Pakistan
14 101.3 Guinea
15 101.1 Guinea-Bissau
16 100.7 Nigeria
17 99.6 Kenya
18 99.0 Niger
19 98.9 Ethiopia
20 97.6 Burundi
21 97.4 Syria
22 96.6 Uganda
23 95.1 Liberia
23 95.1 North Korea
25 95.0 Eritrea
26 94.6 Myanmar
27 93.5 Cameroon
28 92.9 Sri Lanka
29 92.5 Bangladesh
30 91.8 Nepal
31 91.7 Mauritania
32 91.5 East Timor
33 91.2 Sierra Leone
34 90.6 Egypt
35 90.2 Burkina Faso
36 90.0 Republic of the Congo
37 89.7 Iran
38 89.3 Mali
38 89.3 Rwanda
40 89.2 Malawi
41 88.0 Cambodia
42 87.8 Togo
43 87.1 Angola
44 86.9 Uzbekistan
45 86.6 Zambia
46 86.3 Lebanon
47 86.1 Equatorial Guinea
48 85.7 Kyrgyzstan
49 85.6 Swaziland
50 85.5 Djibouti
51 85.2 Solomon Islands
51 85.2 Tajikistan
53 84.9 Papua New Guinea
54 84.5 Libya
55 84.2 Georgia
56 84.0 Comoros
57 83.8 Colombia
58 83.7 Laos
59 82.8 Mozambique
59 82.8 Philippines

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।