असार १२ । १३ करोड बदमासीको अभियोगमा जेल पर्ने भएपछि गौरी खनाल ज्ञवाली अस्पताल भर्ना भएको खबर आजको नागरिक दैनिकले छापेको छ ।

कमसल धितो राखेर सिद्धार्थ विकास बैकबाट १३ करोड रुपैयाँ कर्जा लिई बदमासी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी उनी अस्पताल भर्ना भएकी हुन् ।

अभियुक्त गौरी प्रेसर र सुगर बढेको भन्दै वीर अस्पताल हुँदै सिनामङ्गस्थित काठमाडौं मेडीकल कलेज भर्ना भएकी छन् ।
समाचार उल्लेख भए अनुसार ६ करोडको जग्गा २५ करोड मूल्याङ्कन गराएर १३ करोड ऋण निकालेको तथ्य खुलेपछि राष्ट्र बैकले उनलाई पक्राउ गर्न आदेश दिएसँगै प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोले गौरी र किशोर ढकाललाई जेठ २३ गते पक्राउ गरेको थियो ।

तर ब्यूरोले महानगरीय प्रहरी प्रभाग सिंहदरबार हिरासतमा राखेदेखि नै उनको परिवारले पटक पटक समस्या देखाउँदै अस्पताल भर्नाको बहाना गर्दै आएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।