असार १२ । टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा यही असार ४ गतेदेखि उपचार गराइरहेका राष्ट्रपति डा रामवरण यादवको सम्पूर्ण स्वास्थ्य परीक्षण पूरा भएको छ ।
कोलोनोस्कोपी, इन्डोस्कोपी, सिटी स्क्यानलगायत सबै परीक्षण गरेर राष्ट्रपतिको विस्तृत स्वास्थ्य परीक्षण प्रतिवेदन निकालेको उक्त विश्वविद्यालयका प्राध्यापक तोसिकाई वातानावे नेतृत्वको विशेषज्ञ चिकित्सक टोलीले अवस्था सामान्य भएकोले डिस्चार्ज गरेको हो ।
डिस्चार्ज भएपछि राष्ट्रपति यादब आज जापानमै रहने र भोली थाइल्याण्डको बैंकक हुदै पर्सी शुक्रबार दिउसो थाइ एयरवेजको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
Comments