असार ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले नेपाल वायुसेवा निगमका लागि दुई वटा जहाज लिजमा ल्याउने र बिग्रीएर  रहेका तीन वटा जहाजको मर्मत प्रक्रिया अघि बढेको बताएका छन ।

अहिले किन्न लागिएको दुई वटा ठूला नयाँ जहाज दुई वर्षभित्र आइपुग्ने बताए । 

ती जहाजहरू खरिदका लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई करिब रु दश अर्ब ऋण दिने सम्झौता भइसकेको छ ।

 उनले  नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिप्रक्रिया अदालतमा मुद्दा परेकाले रोकिएको उल्लेख गर्दै पर्यटन मन्त्रीले बोर्डको कार्यलाई प्रभावकारी बनाउन अब कामु प्रमुख कार्यकारी अधिकृत तोकिने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।