असार ११  । ४५ दल मिलेर बनेको बृहत राजनीतिक मोर्चाले चार दलीय सिण्डिकेटको विरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यसैगरी  बृहत राजनीतिक मोर्चाले बिनासर्त निर्वाचन आयोगमा दल दर्ता गर्न पाउनुपर्ने मागअघि सारेको छ । वृहत राजनीतिक मोर्चाका संयोजक तथा युवा महिला जनता पार्टीका अध्यक्ष श्यामकुमार महतोले चार दलीय नयाँ राजाहरुको सिण्डिकेट खारेजी  गर्नु पर्ने र  यसमा बेवास्था गरे देशभर आन्दोलनका कार्यक्रम गर्ने  बताएका छन ।

मोर्चाले असन्तुष्ट सम्पूर्ण साना दललाई सहमतिमा ल्याएर मात्र निर्वाचन गर्न, चार दलीय ‘सिण्डिकेट’ तथा मुलुकमा व्याप्त हत्या, हिंसा, अपहरण र भ्रष्टाचारको अन्त्य गर्न पनि आग्रह गरेको छ ।

महतोले राष्ट्रियता कमजोर बन्दै गएको हुँदा सम्पूर्ण युवाहरु राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकजुट भएर सबै लाग्नु पर्ने बताएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।