असार ११  नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एकीकृत माओवादीका कारण मंसीरमा हुने भनिएको भएको बताएका छन ।


 ज्ञवालीले आगामी निर्वाचनमा एमाओवादीको हार निश्चित  भएकोले   चुनाव हुन नदिने सडयन्त्र गरीरहेको उनले  आरोप  लगाएका छन । मंसिर ४ मा चुनाब नभए त्यसको सम्पुर्ण जिम्मा एनेकपा माओवादी लिनु पर्ने  उनले  बताएका छन । अब छिटो निर्वाचन हुन नसके देश  अधिनायकवाद  तर्फ जाने उनले  दाबी गरेका छन ।

 यसैगरी संघीय समाजवादी पार्टीका उपाध्यक्ष रिजवान अन्सारीले चार दलको सिन्डिकेटका कारण मुलुकमा यो स्थिती आएको बताएका छन । उनले जति सक्दो छिटो चार दलिय सिन्डिकेट  तोड्नु पर्ने बताएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।