असार ११ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी तत्काल भंग गर्न प्रस्ताव गरेका छन् । महाधिवेशन आयोजक समिति बनाउनु पर्ने ओलीको प्रस्ताव रहेको एक स्थायी समितिका सदस्यले जानकारी दिए ।

आज पार्टी कार्यालयमा सोमबार बसेको स्थायी समितिको बैठकमा ओलीले यस्तो प्रस्ताव राखे पनि अध्यक्ष झलनाथ खनाल पक्षधर नेताहरुले भने प्रतिवाद गरेको र निर्वाचन पछि मात्रै महाधिवेशनमा जानु पर्ने बताएको बुझिएको छ ।

ओलीले खनालकै नेतृत्वमा चुनावमा गए पार्टी फेरी पराजीत हुने दावी प्रस्तुत गर्दै नया नेतृत्व चयन हुनु पर्ने माग गरेको बताईएको छ । केही समय पहिले देखि नै बामदेव गौतम लगायतका पहिलेका खनाल पक्षीय नेताहरुलाई समेत हातमा लिएर ओलीले आफू नेतृत्वमा आउने मौका खोजेको खनाल पक्षीय नेताहरुको आरोप छ ।

ओलीले अहिले खनाल पक्षधर नेताहरुले पार्टी छाडेको अवस्थामा नै बुटवल महाधिवेशनमा व्यहोरेको पराजयको समेत बदला लिदै पार्टी नेतृत्व हत्याउन सकिने विष्लेषण गरेको खनाल पक्षीय नेताको भनाई छ । तर निर्वाचन अघि पार्टी महाधिवेसनमा लान कुनै पनि हालतमा नदिने ती नेताले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन् ।

यसै विषयमा कुरा नमिले पछि एमालेले केन्द्रीय समितिको बैठक साउन पहिलो साता बोलाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।