“सरकारको राजीनामा माग्नु निर्वाचन भाँड्नु हो”

असार १० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले निर्वाचनमा सहभागी हुने नाममा वर्तमान सरकारको राजीनामा माग्नु संविधानसभा निर्वाचन हुन नदिने कार्य मात्र भएको बताएकी छन् ।

विराटनगर विमानस्थनमा आज पत्रकारसँग कुरा गर्दै उनले आन्दोलनरत दलले निर्वाचनका लागि गठन भएको सरकारको राजीनामाको माग गर्नु व्यर्थमा समय खेर फाल्नु मात्र भएको बताइन् ।

आजै नेत्री कोइरालाले इटहरीमा आयोजित पार्टी प्रवेश तथा बृहत् पार्टी कार्यक्रममा महिला र युवालाई देशभित्रै स्वरोजगार बनाउनका लागि कांग्रेसले ठोस नीति र कार्यक्रम चाँडै घोषणा गर्न लागेको जानकारी दिइन् ।