असार १० । टोकियो विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य सामान्य रहेको छ ।
उक्त विश्वविद्यालयका प्रा तोसिआकी वातानावे नेतृत्वको विशेषज्ञ टोलीले गरेको सबै परीक्षणबाट राष्ट्रपतिको स्वास्थ्य सामान्य देखिएको प्रा वातानालाई उद्धृत गर्दै टोकियोस्थित नेपाली दूतावासले जनाएको छ ।
राष्ट्रप्रमुख डा यादवले साबिक बमोजिम भोजन गरिरहेको तथा उनी पूर्ण रुपमा स्वस्थ रहेको पनि दूतावासले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।