असार १० । पाल्पास्थित अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको घरमा प्रेसर कुकर बम फेला परेको छ ।

आज पोखराथोक ६ धवादीस्थित पुर्ख्यौली घर नजिकै भेटिएको टाइम बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्न भने सफल भएको छ ।

रेग्मीको घर नजिकै आज बिहान प्रेसर कुकुर–टाईम बम फेला परेको हो । उक्त बमलाई नेपाली सेनाको २२ नम्बर बाहिनी बुटवलबाट त्यहाँ पुगेको टोलीले डिस्पोज गरेको छ ।

नेकपा माओवादी क्रान्तिकारी २ नम्बर मध्य फर्मेशनको नाममा निकालेको प्रेस विज्ञप्तिसहित निलो र हरियो रंगको झोला भित्र उक्त बम राखिएको थियो ।

१२ घण्टापछि पड्किने गरि घडी लगाएर बम राखिएको डिस्पोजल टोलिले बताएको । दुईवटा डेटोनेटर राखेर दुई लिटरको कुकर भरी गन पाउडर भरेर बम राखिएको र डिस्पोज गर्न ५ घण्टा ढिला गरेको भए ठूलो क्षति हुन सक्ने बताइएको छ ।

सँगै भेटिएको प्रेस विज्ञप्तिमा वर्तमान कठपुतली सरकारले जनतालाई झुक्काउन संविधान सभाको चुनाव गराउन लागेकाले चेतावनी स्वरुप बम राखिएको उल्लेख छ । प्रेस विज्ञप्ति हेर्नुहोस्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।