असार १०  । सरकारले यस वर्ष निजामती कर्मचारीहरुको तलब बढाउने विषयमा  छलफल भइरहेको अर्थमन्त्री शंकर कोइरालाले बताएका छन ।

निजामती कर्मचारी सेवा ऐनमा  प्रत्येक दुई वर्षमा तलब बनाउने निति भएकोले  त्यसमा छलफल  भईरहेको  उनले बताए ।

अर्थमन्त्री कोइरालाले आगामी बजेटमा ऊर्जा क्षेत्रको विकास र ऊर्जा संकट समाधान र  भौतिक विकास निर्माण कार्यमा बजेटमा बिशेष जोड दिने बताएका छन ।

  यसैगरी, आगामी संविधानसभा चुनाबको लागि उनले स्रोतको ब्यवस्थापन, सुरक्षाको लागि आवश्यक बजेट बिनियोजको  विषयमा पनि छलफल भइरहेको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।