असार १० । बलात्कारको आरोपमा चितवनका विभिन्न स्थानबाट पाँच जना युवालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन कुमरोज गाविस–३ का ईश्वर ढुङ्गाना, सुशील श्रेष्ठ, सप्तरी घर भई भरतपुर बस्ने सन्तोस चौधरी, गोरखा आँपपीपल घर भएका खगेश्वर राना र वीरेन्द्रनगरका वर्षीय गोविन्द अर्याल रहेको प्रहरीले बताएको छ ।
एक युवतीलाई ललाइफकाइ झुक्याएर भरतपुर–४ प्रेसमार्गमा कोठा गरी बस्ने सुशील श्रेष्ठले कोठामा लगेर पाँच जनाले बलात्कार गरेको आरोपसहितको उजुरी युवतीले प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार पक्राउ गरी आजबाट उनीहरुलाई बलात्कारको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारबाही अगाडि बढाइएको पनि प्रहरीले बताएको छ
Comments