उत्तराखण्डमा लासमा रहेका गरगहना र पैसा निकाल्ने क्रम बढ्यो, संलग्न केही पक्राउ

असार १० । बद्रिनाथ उत्तराखण्डमा बाढी पहिरोबाट  बिचलित बाढी पिडित व्यक्तिलाई नक्कली साधुको रुपमा आएर  नगद तथा गरगहना लुट्ने  कार्यमा लागेका केही व्यक्तिलाई  प्रहरी समातेको छ ।
 उद्धारमा सहयोग गर्ने  वाहना बनाई  उनीहरुले चोरी  कार्यमा लागेको प्रहरीको अनुसन्धानले पत्ता  लगाएको छ । साधुको भेसमा मन्दिरको वरिपरी   बस्ने र चोरी कार्यमा संलग्नता रहेको प्रहरीले बताएको छ ।
उनिहरुले लाशमा भएका गरगहना र पैसा निकालेको पनि अनुसन्धानमा  भेटीएको छ । यसरी चोरी गरीरहेका व्यक्तिबाट प्रहरीले  अहिलेसम्म एक करोड भन्दा बढि भारतिय रुपैया र गरगहना बरामद गरेको छ ।
 त्यस्ता कार्यक्रमा संलग्न केही पक्राउ परेको र पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।