असार १० । दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

केही दिन अघि सुधार देखिए पनि अवस्था फेरी जटिल हुदै गएको श्वास्थ्य अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा मण्डेलाको स्वास्थ्य अवस्था बिग्रदै गएको जनाइएको छ ।

अफ्रिकी राष्ट्रपति ज्याकोव जुमाले मेडिकल टिम सहितको भ्रमण पछि उनको अवस्था गंभीर रहेको देखिएको बताए ।

काला समुदायका तर्फबाट दक्षिण अफ्रिकामा पहिलो राष्ट्रपति बन्नु भएका ९४ वर्षे मण्डेला आम सर्वसाधारणमा अत्यन्तै लोकप्रिय हुनुहुन्छ ।

नोबेल शान्ति पुरस्कारका विजेता उहा रंगभेदविरुद्ध अनवरत संघर्षमा रहेका ब्यक्ती हो । प्रजातन्त्र र नागरिक अधिकारका लागि उहाले गरेको संघर्ष विश्वकै लागि प्रेरणादायी बनेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।