असार १० । काठमाडौँको रत्नपार्कस्थित पुरानो बसपार्कमा बनाउने तयारीमा रहेको पच्चीस तले काठमाडौं भ्यु टावर अब निर्माण प्रक्रिया पुनः सुचारुका लागि बाटो खुलेको छ ।

एक अर्ब ७५ करोडको हाराहारीमा करिब चार वर्षभित्रमा बनाई सक्ने लक्ष्य राखिएको उक्त टावर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो खोलेपछि निर्माण प्रक्रिया पुनः सुचारु हुने भएको हो।

साढे २३ रोपनी क्षेत्रफल रहेको पुरानो बसपार्कको करिब १० रोपनीमा भवन निर्माण गरिने छ । भुइँतलामा बसपार्क, अन्य माथिल्ला दुई तलामा हलुका सवारी साधनको पार्किङस्थल बनाइने बताइएको छ ।

बाँकी जग्गामा सवारी साधन भित्रिने र बाहिरिने ढोकालगायत विभिन्न आधुनिक प्रकारका मनोरञ्जन स्थल बनाइने पनि बताइएको छ ।

भोटाहिटी, न्युरोड क्षेत्र लगायतसम्मका गाडीको पार्किङ टावरमै हुनेछ । टावर काठमाडौं उपत्यका देखिने गरी बनाइनेछ । भवनमा मनोरञ्जन हल, पार्क, रेस्टुरेन्ट, क्याफे, बैंक, सना ठूला सभाहल, पौडी पोखरीसमेत निर्माण गरिने लक्ष्य राखिएको छ ।

काठमाडौं महानगरपालिकाको १८ औँ नगरपरिषद् बैठक र काठमाडौं घोषणापत्र ०६८ ले पुरानो बसपार्कमा काठमाडौँ टावर बनाउने निर्णय गरेको थियो । उक्त टावरको स्केच भने यस्तो छ फोटो फिचर हेर्नुहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।