असार १० । इङल्याण्डमा भएको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि यो पटक पनि भारतले जितेको छ ।

इङल्याण्डको वर्मिघम मैदानको फाइनल खेलमा भारतले घरेलु टोली इङल्याण्डलाई ५ रनले हराउदैं उपाधी आफ्नो कव्जामा लिएको हो ।

१ सय ३० रनको लक्ष्य पछ्याएको इङल्याण्डले ८ विकेटको नोक्सानीमा १२४ रन मात्र जोड्न सक्यो । त्यसअघि भारतले ७ विकेटमा १२९ रनको स्कोर खडा गरेको थियो ।

५० ओभरको खेल वर्षाले प्रभावित भएपछी २०–२० ओभर मा खेलाईएको थियो । खेलको उत्कृष्ट प्रदर्शनका लागि रविन्द्र जडेजा म्यान अफ द मेच घोषित भए । उनले नट आउट ३३ रन वनायर २ विकेट लिएका थिए ।

सबै भन्दा धेरै रन बनाएकोमा भारतका शिखर धवनलाई गोल्डेन व्याट पुरस्कार प्रदान गरियो । जीतसँगै भारतीय कप्तान महेन्द्र सिंह धोनी सर्वाधिक लोकप्रिय कप्तान वनेका छन् । उनले टि ट्वन्टी विश्वकप, ५० ओभरको विश्वकप र च्याम्पीयन्स ट्रफी हात पारेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।