मधेश स्वायत्त प्रदेश मानिदैन : कोइराला

असार ८  । नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले मधेश स्वायत्त प्रदेश कुनै हालतमा नहुने बताएका छन ।   एमाओवादीले जसरी  मधेश स्वायत्त प्रदेश को व्याख्या  गरीरहेको छ त्यसरी कांगेसलाई  मान्य नहुने उनले  बताए।

कोइरालालले मधेश स्वयत्त प्रदेशलाई संबिधानसभाबाटै अनुमोदन हुन नदिने दाबी गरेका छन । चुनावी रणनीतिमा एमाआबादीले  जे सुकै प्रदेश बनाओस् कोइरालाले भने,संघीयतामा जाँदा हामी मधेश स्वायत्त  प्रदेश मानिदैन  ।

अबको सबिधानसभाको  निर्वाचनमा   एमाओवादीले मिथिला, भोजपुरा, अवध राज्यलाई गाँभेर मधेश स्वायत्त प्रदेश बनाउने तयारी गरेपछि कोइरालाले यस्तो धारणा राखेका हुन  ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।