
उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
स्थानीय वडा नं. ५ मा आयोजित विवाहमा सरिक भएको बेला राईलाई लठ्ठी र मुङ्ग्राले कुटपिट गरेपछि उनी गम्भीर घाइते भएका थिए । पुरानो रिसइवीका कारण उक्त घटना घटेको बताइएको छ ।
यस घटनाबारे अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायबउपरीक्षक राजन अधिकारीले बताएका छन ।
मृतकको शव परीक्षणका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल ल्याइएको छ ।