असार ८ ।  तिर्थयात्राको क्रममा उत्तराखण्डको बद्रीधाम क्षेत्रमा भिषण बाढीपहिरोका कारण अलपत्र परेका नेपाली तिर्थयात्रीहरु घर फर्कन थालेका छन् ।  भारतमा अलपत्र परेका मध्ये २९ जना कञ्चनपुरमा र २ सय ५० जना बाँके प्रशासनको सम्पर्कमा आइसकेका छन ।

चारधाम तिर्थयात्राका लागि जेठ १५ मा नेपालबाट निस्केका उनीहरु गंगासागरदेखि यमुनेत्री, गंगोत्री, केदारनाथ पुगेर बद्रीनाथ तर्फ गइरहेको अवस्थामा पाण्डुकेश्वर भन्ने ठाउँबाट उद्धार गरीएको बताए । भारतको चारधाममा झण्डै चार सय नेपाली अलपत्र परेको अनुमान उनिहरुले बताए ।

यस्तै, उत्तराखण्डको विभिन्न ठाउँमा बाढी पहिरोका कारण सडक अवरुद्ध भई फसेका नेपाली कामदारहरु पनि उद्धार पछि घर फर्कन थालेका छन् ।

यसैबीच भारतमा रहेको नेपाली दूतावासले समस्यामा परेका नेपाली तथा आफन्त र परिवारजनलाई आफूसित सम्पर्क गर्न अनुरोध गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।